+
+
Shares

भारतको सहयोगमा निर्माण हुने महेश्वर माविको भवन शिलान्यास

भारत सरकारको सहयोगमा निर्माण हुन लागेको कन्चनपुरको भीमदत्त नगरपालिका १० स्थित महेश्वर माविको भवन शिलान्यास गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १० गते १७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारत सरकारको सहयोगमा कञ्चनपुरको भीमदत्त नगरपालिका-१० स्थित महेश्वर माविको भवन शिलान्यास गरिएको छ।
  • भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रूपमा उक्त भवनको शिलान्यास गरे।
  • १ करोड ९ लाखको लागतमा निर्माण हुने यो विद्यालय भवन कञ्चनपुरको ११ औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।

१० साउन, काठमाडौं । भारत सरकारको सहयोगमा निर्माण हुन लागेको कन्चनपुरको भीमदत्त नगरपालिका १० स्थित महेश्वर माविको भवन शिलान्यास गरिएको छ ।

आइतबार काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

१ करोड ९ लाख सहयोगमा विद्यालय भवन निर्माण हुँदैछ ।
दूतावासले यस सामुदायिक विकास परियोजना भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन हुने जनाएको छ। दूतावासका अनुसार कञ्चनपुर जिल्लामा सञ्चालन भइरहेको यो ११ औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।

भीमदत्त नगरपालिकाका उपप्रमुख तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे । उनीहरूले नयाँ पुर्वाधारले भीमदत्त नगरपालिकाका विद्यार्थी र शिक्षकहरुको लागि सिकाइको वातावरण बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?