+
+
Shares
विद्यार्थीको नारा :

‘पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए भर्ना छैन जाऊ’ (तस्वीरहरू)

स्वतन्त्र संवैधानिक निकायले किन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयको स्वीकृति लिनुपर्ने हो ?, पदपूर्ति रोक्न पाइँदैन, लोकसेवाको अधिकार खोस्न पाइँदैन लगायत लेखिएको प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ साउन ११ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरूले विभिन्न माग राख्दै काठमाडौंको माइतीघरमण्डलमा प्रदर्शन गरेका छन् ।
  • प्रदर्शनकारीहरूले लोकसेवा आयोगको विज्ञापन र परीक्षा तालिका समयमै सञ्चालन गर्न सरकारसँग जोडदार माग गरेका छन् ।
  • मुख्य सचिवको अध्यक्षतामा बसेको बैठकको बुँदा नम्बर ११ खारेज गर्नुपर्ने र निष्पक्ष पदपूर्तिको सुनिश्चितता हुनुपर्ने उनीहरूको मुख्य माग छ ।

११ साउन, काठमाडौं । लोकसेवा आयोगको तयारीमा रहेका विद्यार्थीले माइतीघरमण्डलमा प्रदर्शन गरेका छन् ।

तीनबुँदे माग राखेर उनीहरूले सोमबार विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

स्वतन्त्र संवैधानिक निकायले किन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयको स्वीकृति लिनुपर्ने हो ?, लोकसेवाको कार्यतालिका अनुसार विज्ञापन र परीक्षा कार्यक्रम सञ्चालन गर, ‘पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए भर्ना छैन जाऊ’, पदपूर्ति रोक्न पाइँदेन, लोकसेवाको अधिकार खोस्न पाइँदैन लगायत लेखिएका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

मुख्य सचिवको अध्यक्षतामा ४ साउनमा बसेको सचिवस्तरीय बैठकले बुँदा नम्बर ११ खारेज गर्नुपर्ने, करार सेवामा कार्यरत कर्मचारीहरू मध्ये उत्कृष्ट कार्यसम्पादन गरेका अधिकतम १० प्रतिशत कर्मचारीलाई स्पष्ट,  वस्तुगत र पारदर्शी मापदण्डका आधारमा व्यवस्थापन गरी बाँकी ९० प्रतिशत पदमा लोकसेवा आयोग मार्फत खुला, निष्पक्ष र प्रतिस्पर्धात्मक रूपमा स्थायी पदपूर्ति गरियोस्, लोकसेवा आयोगको विद्यमान उमेरहद यथावत् कायम गरियोस् लगायतका माग समेत उनीहरूले राखेका छन् ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?