+
+
Shares

जोखिममा रहेका २२ बालिकालाई शैक्षिक सामग्री

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते ६:४१

१२ साउन, सिरहा। आर्थिक तथा सामाजिक समस्याका कारण कुनै पनि बालिका शिक्षाबाट वञ्चित नहुनेमा जोड दिंदै गोलबजार नगरपालिका-४ मा जोखिममा रहेका २२ जना बालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।

जनता माध्यमिक विद्यालय (प्राविधिक), गोलबजार-४ मा मुक्ति नेपालद्वारा आयोजित कार्यक्रममा विद्यालय झोला, कापी,जोमेट्रि बक्स, डटपेनलगायतका सामग्री वितरण गरिएको हो।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले बालिकाहरूको शिक्षा निरन्तरताका लागि परिवार, विद्यालय, स्थानीय सरकार तथा सामाजिक संस्थाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका छन्।

उनीहरूले आर्थिक अभाव, सामाजिक चुनौती र बालविवाहजस्ता कारणले कुनै पनि बालिकाको पढाइ बीचमै रोकिन नहुनेमा जोड दिँदै, शिक्षा नै बालविवाह रोकथाम, महिला सशक्तीकरण र सुरक्षित भविष्य निर्माणको सबैभन्दा बलियो आधार भएको उल्लेख गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष सकलदेव यादवले आर्थिक तथा सामाजिक समस्याका कारण कुनै पनि बालिका शिक्षाबाट वञ्चित हुन नहुने बताए। उनले बालिकाहरू नियमित रूपमा विद्यालय जाने वातावरण निर्माण गर्न स्थानीय सरकार, विद्यालय, अभिभावक र सामाजिक संस्थाबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।

विद्यालय छोड्ने जोखिममा रहेका बालिकाहरूको पहिचान गरी उनीहरूको शिक्षा निरन्तरताका लागि वडा कार्यालयले आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै उनले नियमित शिक्षा सुनिश्चित गर्न सके बालविवाह न्यूनीकरणका साथै बालिकाहरूको आत्मनिर्भर र सुरक्षित भविष्य निर्माणमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

आयोजकका अनुसार आर्थिक अभावका कारण पढाइ प्रभावित हुन सक्ने बालिकाहरूलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराई उनीहरूको शिक्षा निरन्तरतामा सहयोग पुर्‍याउने तथा बालविवाह रोकथामका लागि शिक्षा र समुदायको भूमिकालाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?