News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङको रतुवामाई नगरपालिका–१० बाट प्रहरीले शुक्रबार १ हजार ३३ किलो गाँजा बरामद गरेको छ ।
- उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको मिनी ट्रकबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त परिमाणको गाँजा नियन्त्रणमा लिएको हो ।
- प्रहरीले ट्रक चालक धनकुटाका २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
१५ साउन, विराटनगर । मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट शुक्रबार दिउँसो १ हजार ३३ किलो गाँजा बरामद भएको छ ।
उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनी ट्रकबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाँजा नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय सिजुवा र सशस्त्र प्रहरी बल चुनीबारीको टोलीले दिउँसो साढे २ बजेतिर उक्त परिमाणको गाँजा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीले चालक धनकुटाको पाख्रीबास नगरपालिका–९ का अन्दाजी २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4