+
+
Shares

मृतक गणेश यादवको घरमा अझै पुगेनन् गृहमन्त्री, परिवार २ बजेदेखि पर्खेको-पर्ख्यै

गृहमन्त्री गुरुङ सिरहा आएको खबर समाजिक सञ्जालमा दिउँसो नै देखिएको थियो । तर, उनी ढिलो रातिसम्म पनि मृतकको घरमा पुगेका छैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते २१:३१

१५ साउन, सिरहा । सिरहाको गोलबजारमा बिहीबार गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको घरमा रातिको सवा ९ बजेसम्म गृहमन्त्री सुधन गुरुङ पुगेका छैनन् ।

औरही गाउँपालिका–२ तुलसियाहीस्थित मृतक गणेशको घरमा गृहमन्त्री आउने भन्दै दिउँसो २ बजे परिवारलाई जानकारी दिइएको थियो । त्यसयता मृतकका परिवार, आफन्त र छरछिमेकी पर्खेर बसिरहेका छन् ।

यस्तै, मृतकको घर नजिक दिउँसोदेखि नै सुरक्षाकर्मी तैनाथ गरेर राखिएको छ ।

गृहमन्त्री गुरुङ सिरहा आएको खबर समाजिक सञ्जालमा दिउँसो नै देखिएको थियो । तर, उनी ढिलो रातिसम्म पनि मृतकको घरमा पुगेका छैनन् ।

तस्वीर : सुरेश राय/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?