+
+
Shares

बालुवाटारमा दोस्रोपल्ट पुगे रवि लामिछाने, प्रधानमन्त्रीसँग ४५ मिनेट कुराकानी

सरकार र पार्टीबीच बढ्दो संशय र तिक्तताबीच प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच ४५ मिनेट कुराकानी भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २४ गते २१:५७

२४ साउन, काठमाडौं । सरकार र पार्टीबीच बढ्दो संशय र तिक्तताबीच प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच ४५ मिनेट कुराकानी भएको छ । प्रधानमन्त्री बालेनलाई भेट्न सभापति लामिछाने आइतबार साँझ बालुवाटार पुगेका थिए ।

बालेनले पछिल्लोपल्ट फेसबुकमा आफू विभिन्न चुनौतीसँग एक्लै लड्नुपरेको भनी अभिव्यक्ति दिएपछि सभापति लामिछाने असन्तुष्ट छन् । साथै, केही राजनीतिक नियुक्ति, सरकारका सम्भावित कदम तथा पार्टीका अपेक्षाबारे दुई नेताबीच कुराकानी भएको स्रोतले बतायो ।

भेटमा प्रधानमन्त्रीले छिट्टै गर्ने भनिएको भारत भ्रमण तथा सभापति लामिछानेले केही दिनपछि गर्ने भनिएको चीन भ्रमणका बारेमा पनि विषय उठान भएको बुझिएको छ ।

उच्च स्रोतका अनुसार राजदूतहरूको छनोट, केही उच्च तहका नियुक्ति तथा मन्त्रीहरूको भूमिकाबारे पनि रवि लामिछाने र बालेनका बीचमा कुराकानी भएको बुझिएको छ । ‘दुई नेताबीच एकदमै दरार उत्पन्न भएजस्तो गरेर बुझिएको छ, त्यस्तो केही होइन । यसलाई नियमित छलफल मान्न सकिन्छ,’ बालुवाटार स्रोतले भन्यो ।

लामिछानेले पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई लगेर बालुवाटार पुगेको पार्टी स्रोतले जानकारी दिएपनि सुरक्षा स्रोतले उक्त कुरा पुष्टि गरेन । बालेनसँग मूख्य सल्लाहकार कुमार बेन साथमै रहेको बताइएको छ । तर, अनलाइनखबरसँग बेनले आफू उक्त भेटमा सहभागी नभएको दाबी गरे ।

बालेन प्रधानमन्त्री बनेयता लामिछाने दोस्रोपल्ट बालुवाटार निवास गएका हुन् । बालेनले निवासमा अनौपचारिक जमघट र पारिवारिक बाहेक प्रायः कुनै पनि भेटघाट गर्दैनन् ।

यसअघिको भेटमा भने लामिछाने र बालेनसँग कुमार बेनलगायत उच्च तहका केही नेता सामेल रहेको उच्च सुरक्षा स्रोतले पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?