+
+
Shares

‘स्पाइडर-म्यान’ बन्यो नेपालमा धेरै कमाउने छैटौं विदेशी फिल्म, कमाइ १४ करोड नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १३:३१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ नेपालमा सर्वाधिक कमाउने छैटौं विदेशी फिल्म बनेको छ ।
  • प्रदर्शनको ११ औं दिनसम्म फिल्मको ग्रस कलेक्सन १४ करोड रुपैयाँ नाघेको छ ।
  • यो फिल्मले विश्वभर १ बिलियन डलरभन्दा धेरै कमाइ गर्दै नयाँ कीर्तिमान कायम गरेको छ ।

काठमाडौं । ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ नेपालमा धेरै कमाउने छैटौं विदेशी फिल्म बनेको छ । प्रदर्शनको ११ औं दिन आइतबारसम्म टम हल्यान्ड स्टारर फिल्मको ग्रस कलेक्सन १४ करोड रुपैयाँ नाघेको छ ।

शीर्ष १० को सूचीमा छैटौं स्थानमा उक्लिएको फिल्मले नेपाली बक्सअफिसमा धुरन्धर, कान्तारा, कल्की र धुरन्धर २ लाई उछिनेको छ । अब यसअघि जवान, एनिमल, आरआरआर, केजीएफ २, पुष्पा २ मात्र छन् ।

धेरैपछि कुनै हलिउड फिल्मले यति उछाल कमाइ गरेको हो । विश्व बक्सअफिसमा भने यसले १ बिलियन डलरभन्दा धेरै कमाइ गरेको छ ।

विश्वभर दोस्रो सप्ताहन्तमा फिल्मले सर्वकालिन धेरै कमाउने तेस्रो फिल्मको रुपमा कीर्तिमान रच्नेछ । यसले यो सप्ताहन्तमा १४५ मिलियन डलर कमाउने प्रक्षेपण गरिएको छ ।

नेपालमा भने यसको गति तत्कालै रोकिने छाँटकाँट छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?