+
+
Shares

‘रिदम अफ चेन्ज’ नारासहित कन्दरा ब्यान्डले बोस्टनबाट थाल्यो अमेरिका टूर

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १४:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सांगीतिक समूह कन्दरा ब्यान्डले ‘रिदम अफ चेन्ज’ नारासहित सन् २०२६ को अमेरिका टूर अगस्ट ८ मा बोस्टनबाट औपचारिक रूपमा सुरु गरेको छ ।
  • टुर अन्तर्गत बोस्टनपछि डलास र न्यूयोर्कसहितका विभिन्न सहरमा ब्यान्डले सांगीतिक प्रस्तुति दिने भए तापनि कार्यक्रमको स्थान र मिति भने सार्वजनिक गरिएको छैन ।
  • सोसल इम्प्याक्ट इन्टरटेनमेन्ट एन्ड कल्चरल डिप्लोमेसी पहलका रूपमा सञ्चालित यो टुरले संगीतका माध्यमबाट नेपाली डायस्पोरालाई जोड्ने र सकारात्मक परिवर्तनका लागि प्रेरित गर्ने लक्ष्य राखेको छ ।

काठमाडौं । नेपाली सांगीतिक समूह कन्दरा ब्यान्डले ‘रिदम अफ चेन्ज’ नारासहित सन् २०२६ को अमेरिका टूर सुरु गरेको छ । ब्यान्डका अनुसार टुर अगस्ट ८ मा बोस्टनबाट औपचारिक रूपमा सुरु भएको हो ।

बोस्टनपछि डलास, न्यूयोर्कसहित अन्य सहरमा पनि ब्यान्डले सांगीतिक प्रस्तुति दिने जनाइएको छ । यद्यपि, विज्ञप्तिमा डलास, न्यूयोर्क तथा अन्य सहरमा हुने कार्यक्रमको मिति र स्थान खुलाइएको छैन ।

ब्यान्डले यो सांगीतिक टुरलाई ‘सोसल इम्प्याक्ट इन्टरटेनमेन्ट एन्ड कल्चरल डिप्लोमेसी’ पहलका रूपमा प्रस्तुत गरेको छ ।

ब्यान्डका अनुसार संगीतमार्फत नेपाली डायस्पोरालाई जोड्ने, नेपाली संस्कृतिको उत्सव मनाउने, अर्थपूर्ण संवादलाई प्रोत्साहन गर्ने तथा संगीत, सोच र व्यक्तिगत तहमा सकारात्मक परिवर्तनका लागि प्रेरित गर्ने उद्देश्य टुरले राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?