News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक दीपक आचार्यले ५१ दिनको छायांकनपश्चात् आफ्नो नयाँ चलचित्र ‘चिरञ्जीवि भवः’ को सुटिङ सम्पन्न गरेका छन्।
- हरिवंश आचार्य र करिश्मा मानन्धरको मुख्य भूमिका रहेको यो चलचित्र आगामी १ माघदेखि देशभर प्रदर्शन हुने भएको छ।
- पूर्वी नेपाल र काठमाडौंका विभिन्न स्थानमा खिचिएको यो फिल्मले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई प्रस्तुत गर्नेछ।
काठमाडौं । निर्देशक दीपक आचार्यले आगामी फिल्म ‘चिरञ्जीवि भवः’को छायांकन सकेका छन् । ५१ दिनमा फिल्मांकन सकिएको जानकारी निर्माताले गराएका छन् ।
जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भैरहेको फिल्मको छायांकन पूर्वी नेपालको धनकुटा, सुनसरी र काठमाडौंमा गरिएको थियो ।
सुपरहिट फिल्म ‘परान’पछि आचार्यको यो दोस्रो निर्देशकीय फिचर हो । ‘हामीले मन खोलेर, समय लगाएर छायांकन गरेका छौँ । पोस्ट-प्रोडक्सनको काम पनि मेहनत गरेर गर्नेछौँ’ निर्देशक आचार्यले भने ।
‘कलाकार र प्राविधिकले जसरी छायांकनमा मेहनत गरेका छन्, पोस्टमा पनि त्यतिकै मेहनत गरेर दर्शकलाई मन पर्ने चलचित्र लिएर आउनेछौँ ।’
फिल्ममा पटकथा कुमार कट्टेल ‘जिग्री ब्रो’ले लेखेका हुन् । फिल्ममा हरिवंश आचार्य, करिश्मा मानन्धर, आशीर्वाद क्षेत्री, प्रशंसा रायमाझीको शीर्ष भूमिका छ ।
कमलमणी नेपाल, रवीन्द्र झा, सुमन कार्की, काजल कर्ण, सुवर्ण थापा, सरोज अर्याल, हरिश निरौला, गीता अधिकारी, रुक्मिला अधिकारी, सुस्मिता कुँवर, अशोक धिताल, सुमन ज्योति न्यौपाने लगायतका सह–कलाकार पनि छन् ।
दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाएको छ । फिल्ममा उमेशकुमार बराल र चिरन केसी निर्माताको रुपमा छन् ।
यो फिल्म १ माघ (१५ जनवरी)देखि देशब्यापी प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4