+
+
Shares

सुनसरी घटनाका घाइतेको बायाँ हात गुम्यो

सुनसरी घटनामा घाइते भएका एक युवाको बायाँ हात गुमेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १७:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको देवानगञ्जमा भएको झडपमा घाइते भएका अमित यादवको बायाँ हात काट्नुपरेको ट्रमा सेन्टरका प्रमुख डा. रुद्र मरासिनीले जानकारी दिनुभएको छ ।
  • १० साउनमा सुनसरीमा भएको विवादमा सुरक्षाकर्मीको गोली लागेर तीनजनाको मृत्यु भएको थियो भने १३ सुरक्षाकर्मी र २२ प्रदर्शनकारी घाइते भएका थिए ।
  • सुनसरीबाट सुरु भएको उक्त विवाद मधेशका अन्य जिल्लामा फैलिँदा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गणेश यादवको मृत्यु भएको थियो ।

२५ साउन, काठमाडौं । सुनसरी घटनामा घाइते भएका एक युवsको बायाँ हात गुमेको छ ।

ट्रमा सेन्टरमा उपचाररत अमित यादवको बायाँ हात गुमेको हो । ट्रमा सेन्टरका अस्पताल प्रमुख डा. रुद्र मरासिनीले उनको हात काट्नु परेको जानकारी गराए । डा मरासिनीका अनुसार घाइते यादवको आईसीयूमा उपचार भइरहेको छ ।

१० साउनमा सुनसरीको देवानगञ्जमा दुई समुदायको विवादमा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज ओमप्रकाश मेहता मृत्य भएको थियो । उपचाररको क्रममा रहेका जयप्रकाश मेहता र रवीन्द्रकुमार मेहताको पनि मृत्यु भएको थियो । उक्त घटनामा १३ सुरक्षाकर्मी र २२ प्रदर्शनकारी घाइते भएका थिए ।

सुनसरीबाट सुरु भएको दुई समुदायको विवाद मधेशका विभिन्न जिल्लामा समेत फैलिएको थियो । त्यही विषयले सिरहाको गोलबजारमा प्रदर्शन हुँदा सुरक्षाकर्मीको गोलीबाट गणेश यादवले ज्यान गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?