+
+
Shares

ब्रोड पिकमा ज्यान गुमाएका ३ आरोहीको शव मंगलबार काठमाडौं ल्याइँदै

उनीहरूको पार्थिव शरीर नेपाल पर्वतारोहण संघको कार्यालयमा राखिने भएको छ ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव मंगलबार काठमाडौं ल्याइने भएको छ ।
  • सांसद मिङ्माडेभिड शेर्पाका अनुसार किलु शेर्पा, निमा शेर्पा र ग्यालु शेर्पाको शव कतार एयरवेजको उडानमार्फत नेपाल ल्याउन लागिएको हो ।
  • विमानस्थलमा आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूको पार्थिव शरीरलाई नेपाल पर्वतारोहण संघको कार्यालयमा राखिनेछ ।

२५ साउन, काठमाडौं । पाकिस्तानको ब्रोड पिक आरोहण क्रममा आएको हिमपहिरोमा परी ज्यान गुमाएका तीन आरोहीको शव मंगलबार नेपाल ल्याइने भएको छ ।

सांसद मिङ्माडेभिड शेर्पाले तीन नेपाल आरोहीको शव ल्याउन लागिएको जानकारी दिए । उनका अनुसार किलु शेर्पा, निमा शेर्पा र ग्यालु शेर्पाको शव मंगलबार कतार एयरवेजको उडानबाट दोहा हुँदै नेपाल ल्याउन लागिएको हो ।

अपराह्न ४:४५ बजे कतारको जहाज काठमाडौं अवतरण गर्ने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरणपछि आवश्यक प्रक्रिया पूरा गरी उनीहरूको पार्थिव शरीर नेपाल पर्वतारोहण संघको कार्यालयमा राखिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?