+
+
Shares

मेलमिलापसम्बन्धी विधेयक प्रतिनिधि सभामा टेबल

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १८:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सोमबार प्रतिनिधि सभामा मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३ पेश गरेकी छिन्।
  • यो विधेयकले मेलमिलाप प्रक्रियालाई थप प्रभावकारी बनाउँदै स्थानीय तहदेखि प्रदेश र वाणिज्य क्षेत्रसम्म यसको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ।
  • विधेयकमा मेलमिलापकर्ताका लागि शैक्षिक योग्यता खुकुलो पार्दै जिल्ला तथा प्रदेश स्तरमा समन्वय समिति गठन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

२५ साउन, काठमाडौं । मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभामा प्रस्तुत भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सोमबार प्रतिनिधिसभा बैठकमा विधेयक पेश गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरेकी हुन् ।

प्रतिनिधिसभामा साउन १४ गते मन्त्री गौतमले विधेयक दर्ता गरेकी थिइन् ।

मेलमिलाप प्रक्रियालाई थप प्रभावकारी र स्थानीयस्तरसम्म पहुँचयोग्य बनाउने उद्देश्यले मेलमिलाप सम्बन्धी ऐन, २०६८ संशोधन गर्न विधेयक ल्याइएको मन्त्रालयले जनाएको छ ।

विधेयकमा मेलमिलापका लागि नियुक्त हुने मेलमिलापकर्ताको सङ्ख्यासम्बन्धी विद्यमान व्यवस्था सरलीकृत गर्ने प्रस्ताव गरिएको छ ।

साथै, वाणिज्य क्षेत्रसँग सम्बन्धित विवादसमेत मेलमिलापको माध्यमबाट समाधान गर्न सकिने व्यवस्था मिलाउन मेलमिलाप प्रवर्द्धन समिति गठन गर्ने प्रस्ताव गरिएको छ ।

प्रदेश तथा जिल्लास्तरमा मेलमिलापसम्बन्धी कार्यको समन्वय, अनुगमन, मूल्याङ्कन तथा सहजीकरणका लागि प्रत्येक प्रदेशमा प्रदेश मेलमिलाप समन्वय समिति र प्रत्येक जिल्लामा जिल्ला मेलमिलाप समन्वय समिति गठन गर्ने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ ।

विधेयकले मेलमिलापकर्ताको उपलब्धतालाई समेत सहज बनाउने प्रस्ताव गरेको छ ।

विद्यमान कानुनी योग्यताअनुसार मेलमिलापकर्ता उपलब्ध हुन नसकेको अवस्थामा कम्तीमा माध्यमिक शिक्षा उत्तीर्ण वा सो सरहको शैक्षिक योग्यता भएका व्यक्तिले मेलमिलापकर्ताका रूपमा काम गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

विधेयकले मेलमिलापलाई अदालतबाहिर विवाद समाधानको सहज माध्यमका रूपमा थप व्यवस्थित गर्दै स्थानीय तहदेखि प्रदेश र वाणिज्य क्षेत्रसम्म मेलमिलापको पहुँच विस्तार गर्ने संरचना विकास गर्न खोजेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?