News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न सात सदस्यीय कार्यदल गठन भएको छ।
- नेकपाका नेता इन्द्रबहादुर आङ्बो र एमालेका तिलकुमार मेन्याङ्बोले कार्यदलमा आ-आफ्नो दलको तर्फबाट नेतृत्व गरेका छन्।
- कार्यदलले सरकारका आगामी योजना, बजेट पुनरावलोकन र मन्त्रालय बाँडफाँटका विषयमा काम गर्ने निर्णय गरेका छन्।
२५ साउन, विराटनगर । कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल गठन भएको छ ।
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सोमबार बसेको बैठकले सात सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलको नेतृत्व नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले गर्नेछन् ।
कार्यदलमा एमालेका तर्फबाट चार जना र नेकपाबाट तीन जना सदस्य रहनेछन् । एमालेको तर्फबाट तिलकुमार मेन्याङ्बोले टोलीको नेतृत्व गर्नेछन् । नेता आङ्बोले सरकारका आगामी योजना, बजेट पुनरावलोकन र मन्त्रालय बाँडफाँटका विषयमा महत्त्वपूर्ण सहमति पनि भएको छ ।
आङ्बोका अनुसार अघिल्लो सरकारले ल्याएको बजेटलाई पुनरावलोकन गर्ने प्रक्रिया अघि बढाइने भएको छ । यसका लागि कानुन र अर्थ मन्त्रालयसँग समन्वय गरेर अन्तिम टुंगो लगाइनेछ।
त्यस्तै, प्रदेशको नामांकनको सन्दर्भमा देखिएका जटिलता समाधान गर्न नियमावली संशोधन प्रस्ताव पास गर्ने र अन्य
राजनीतिक दलहरूसँग पनि निरन्तर छलफल जारी राख्ने निर्णय भएको छ।
मन्त्रालय बाँडफाँटको टुंगो लगाउने जिम्मेवारी एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेकपाका नेता आङ्बोलाई दिइएको छ।
प्रतिक्रिया 4