News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजारमा ताजा माछाको मूल्यमा वृद्धि भएको छ ।
- बचुवा र छडी जातका माछाको मूल्य प्रतिकिलो २५ रुपैयाँले बढेर ३ सय १५ रुपैयाँ पुगेको छ ।
- रहु माछाको थोक मूल्य प्रतिकिलो २० रुपैयाँले बढेर ३ सय ५० रुपैयाँ कायम भएको छ ।
२६ साउन, काठमाडौं । बजारमा ताजा माछाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मंगलबारको तथ्यांकअनुसार सबै प्रकारका ताजा माछाको मूल्यवृद्धि भएको देखिएको हो ।
बजारमा रहु, बचुवा र छडी गरी तीन प्रकारका माछा पाइन्छन् । आज मंगलबार बचुवा र छडी जातका माछाको मूल्य सबैभन्दा धेरै बढेको छ । यी दुवै जातका माछाको मूल्य प्रतिकिलो थोकमा समान २५ रुपैयाँले बढेको छ ।
हिजो सोमबार बचुवा र छडी माछा प्रतिकिलो थोकमा औसत २ सय ९० रुपैयाँ किनबेच भएको थियो । आज मंगलबार भने प्रतिकिलो ३ सय १५ रुपैयाँ कायम छ ।
त्यसैगरी रहु माछाको मूल्य पनि प्रतिकिलो २० रुपैयाँ बढेको छ । हिजो सोमबार प्रतिकिलो ३ सय ३० रुपैयाँमा बिक्री भएको रहु माछा आज मंगलबार प्रतिकिलो ३ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4