+
+
Shares

गभर्नरसँग भेटेपछि ‘मिस नेपाल’ दीपमाला : ऋण जीवनभन्दा ठूलो कहिल्यै हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १२:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिस नेपाल दीपमाला ढकालले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग भेट गरी वर्तमान वित्तीय संकट र त्यसले युवामा पार्ने प्रभावबारे महत्वपूर्ण छलफल गरेकी छन् ।
  • ढकालले वित्तीय संकट समाधानका लागि वित्तीय साक्षरता, सहज वित्तीय सहायता र मानवीय संवेदनशीलतालाई समेटेर नीति निर्माण गर्नुपर्नेमा जोड दिएकी छन् ।
  • उनले ऋणको समस्या समाधान गर्न सकिने बताउँदै 'ऋण ठूलो हुन सक्छ, तर जीवनभन्दा ठूलो कहिल्यै हुँदैन' भनी सामाजिक सञ्जालमार्फत सन्देश दिएकी छन् ।

काठमाडौं । ‘मिस नेपाल २०२६’ दीपमाला ढकालले राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग भेट गरी वित्तीय संकट र त्यसले मानिसको जीवनमा पार्ने असरबारे छलफल गरेकी छन् ।

ढकालले सामाजिक सञ्जालमार्फत भेटबारे जानकारी दिँदै ऋण तथा आर्थिक दबाबका कारण विशेषगरी युवाको जीवनमा पर्न सक्ने गम्भीर असरबारे गभर्नर पौडेलसँग महत्वपूर्ण कुराकानी भएको बताएकी छन् ।

उनले वित्तीय संकटको सामना गर्न वित्तीय साक्षरता, सहज रूपमा उपलब्ध हुने वित्तीय सहायता, आर्थिक अवसर र मानवीय संवेदनासहितको नीतिनिर्माण महत्वपूर्ण हुने उल्लेख गरेकी छन् ।

ढकालले लेखेकी छन्, ‘ऋण ठूलो हुन सक्छ, तर जीवनभन्दा ठूलो कहिल्यै हुँदैन । ऋणको समाधान खोज्न सकिन्छ; एउटा जीवनको विकल्प खोज्न सकिँदैन ।’

ब्ल्याक–रककी पूर्व इन्भेस्टमेन्ट स्ट्राटेजिस्टसमेत रहेकी ढकालले मिस नेपालका रूपमा आफ्नो आवाजलाई आर्थिक कठिनाइमा परेकाहरूले समाधान र सहयोग पाउने तथा कुनै पनि युवाले आफ्नो परिस्थितिलाई भविष्यभन्दा ठूलो नठान्ने नेपाल निर्माणमा प्रयोग गर्ने आशा व्यक्त गरेकी छन् ।

उनले गभर्नर पौडेलसँगको भेटलाई प्रेरणादायीसमेत बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?