२६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले चार महिनाको अवधिमा सरकार सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन् ।
मंगलबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले यस्तो बताएका हुन् ।
‘वर्षात् मौसम, चार महिनाको अवधिमा सरकारले गर्नसक्ने कामहरू कति हुनसक्छन् ? हामी त्यो अनुमान गर्नसक्छौं,’ बुर्लाकोटीले भने, ‘सरकारले अहिले गरेको प्रयत्न स्वदेशमै एउटा रोजगारी सिर्जना गर्नसक्ने, रोजगारीका लागि वातावरण निर्माण गर्नसक्ने, बन्द भएका उद्योगहरू खोल्ने, नयाँ उद्योगका लागि काम गर्ने क्रममै छ सरकार ।’
१०० दिनभित्र सरकारले सुरु गरेको कामहरू कार्यान्वयनतर्फ अघि बढेको उनले दाबी गरे ।
यस्तै, बुर्लाकोटीले विभिन्न घटनाका छानविन प्रतिवेदनहरू सरकारले सार्वजनिक गर्ने पनि बताए ।
अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा पार्टीले आफूलाई आयोजक समितिको संयोजक तोकेको भन्दै सोही अनुसार कार्यक्रमको तयारी भइरहेको पनि उनले जानकारी दिए ।
‘रास्वपाले यसवर्षको अन्तर्राष्ट्रिय युवा दिवस ७ वटै प्रदेशका करिब ५० वटा जिल्ला र विभिन्न पालिकाहरूमा मनाउँदैछौं,’ बुर्लाकोटीले भने ।
प्रतिक्रिया 4