+
+
Shares

दुई सचिवले दिए राजीनामा

मन्त्रिपरिषदले राजीनामा स्वीकृत गरेसँगै सचिवहरुले राजीनामा गरेको विवरण सार्वजनिक भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २७ गते १२:३५

२७ साउन, काठमाडौं । सरकारले बहालवाला दुई सचिवहरुको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले सचिवहरू कमलप्रसाद पोखरेल र बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको हो ।

मन्त्रिपरिषद्ले राजीनामा स्वीकृत गरेसँगै सचिवहरूले राजीनामा गरेको विवरण सार्वजनिक भएको हो । पोखरेल हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव थिए भने बाबुराम अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए ।

निजामती किताबखानाको अभिलेख अनुसार, ४ भदौमा अवकाश हुन लागेका सचिव अधिकारीले एक साताअघि राजीनामा दिएका हुन् । अर्का सचिव पोखरेल भने २३ भदौ २०८४ सम्म पदमा बहाल रहन पाउँथे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?