+
+
Shares

टिभी रियालिटी शो ‘लोकदोहोरी च्याम्पियन’ आउने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २७ गते १५:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रगोन स्टुडियो प्रालिले मौलिक लोकदोहोरीको संरक्षण र प्रतिभा प्रवर्द्धन गर्ने उद्देश्यले ‘लोकदोहोरी च्याम्पियन’ रियालिटी शो निर्माण गर्न लागेको छ।
  • माधवराज खरेलको निर्देशनमा बन्ने उक्त कार्यक्रममा पुरुषोत्तम न्यौपाने, रीता थापामगर, पशुपति शर्मा र अमृत खाती निर्णायक मण्डलमा रहेका छन्।
  • सातै प्रदेशबाट छनोट भएका १०८ टिमको सहभागिता रहने यस प्रतियोगिता ३ असोजबाट इमेज टिभीमा प्रसारण हुने आयोजकले जानकारी दिएको छ।

काठमाडौं । टिभी रियालिटी शो ‘लोकदोहोरी च्याम्पियन’ आउने भएको छ । आयोजित पत्रकार सम्मेलनमा रगोन स्टुडियो प्रालिले कार्यक्रम ल्याउने जनाएको हो ।

प्रेसमिटमा कार्यक्रमको उद्देश्य, निर्माण टोली, जज र प्रसारणसम्बन्धी जानकारी दिइयो । जजमा मौलिक लोकदोहोरीको संरक्षणलाई प्रवद्र्धन गर्दै नयाँ प्रतिभालाई अवसर दिने उद्देश्यले शो निर्माण गर्न लागिएको कार्यक्रम प्रमुख अनुपम गौतमले जनाए ।

निर्देशन माधवराज खरेलले गर्नेछन भने निर्णायक मण्डलमा पुरुषोत्तम न्यौपाने, रीता थापामगर, पशुपति शर्मा र अमृत खाती छन् । होस्टको रुपमा दिनेश काफ्ले र इब्सन सञ्ज्याल देखिनेछन् ।

सातै प्रदेशबाट छनोट भएका कुल १०८ टिमले प्रतिस्पर्धामा सहभागिता जनाउनेछन् । त्यसपछि नकआउट चरण हुँदै प्रतियोगिता अघि बढ्ने बताइएको छ ।

प्रतियोगितालाई लोकदोहोरी प्रतिस्पर्धाको संरचनामै आयोजना गरिनेछ । कार्यक्रम इमेज टिभीबाट प्रसारण हुने जानकारी दिइयो । आयोजकका अनुसार ३ असोजदेखि कार्यक्रम प्रसारणमा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?