+
+
Shares

अहिले गर्न सकेनौं भने युवाहरूले पनि नहुने रहेछ भन्ने भाष्य स्थापित हुनसक्छ : लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २७ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युवा नेतृत्वमा रहेको सरकारले परिणाम दिन नसके युवाहरूले पनि केही गर्न नसक्ने भाष्य बन्न सक्ने चेतावनी दिनुभयो।
  • अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा लामिछानेले युवा पुस्ताका लागि अहिले काम गरेर देखाउने चुनौतीपूर्ण समय रहेको बताउनुभयो।
  • उनले रास्वपाका मन्त्री र सांसदहरूलाई पदमा रमाउने समय नभएको बताउँदै परिणाममुखी काम गर्नुपर्नेमा जोड दिनुभयो।

२७ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले युवाको नेतृत्वमा रहेको सरकारले परिणाम दिन नसके युवाहरूले पनि नहुने भाष्य बन्न सक्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले राखेको कार्यक्रममा बोल्ने क्रममा सभापति लामिछानेले हाल युवाले चलाएको सरकार, पार्टी, सदन रहेको बताए ।

‘युवा भनेर पनि नहुने भन्ने भाष्य बन्न सक्ने अवस्था आउनसक्छ । अहिले यो अवसर गुमे भोलिका दिनमा युवाहरूले अवसर प्राप्त नगर्न सक्छन्,’ सभापति लामिछानेले भने ।

पार्टीका लागि परिणाममुखी काम गर्नका लागि चुनौती रहेको बताए । लामिछानेले भने,‘फ्रेस छौं, तगडा हुन बाँकी छ । काम गरेर देखाउनुपर्ने चुनौती छ ।’ रास्वपाका मन्त्री र सांसदलाई पदमा रमाउने बेला नभएको उनले बताए ।

जेनजी आन्दोलनले बढोको विषयहरू देखिएको तर बनाएको कुराहरू देखाउने चुनौती रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?