News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका युवा नेताहरूले पार्टीको केन्द्रीय कमिटी बैठक तत्काल बोलाउन माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका छन् ।
- निवेदनमा पार्टी पुनर्गठन कार्यदलको सुझाव प्रतिवेदनमाथि छलफल गर्दै प्रक्रिया अगाडि बढाउन सचिवालय बैठक राख्न पनि माग गरिएको छ ।
- ‘नेकपा एमालेको समस्या समाधान गर्ने बाटो पार्टी बाहिर होइन, पार्टीभित्रको विधान सम्मत, लोकतान्त्रिक र कमिटी प्रणालीमा आधारित भएर सामुहिक छलफल, आत्मसमीक्षा र निर्णयबाटै संभव छ,’ निवेदनमा भनिएको छ ।
२७ साउन, काठमाडौं । नेकपा एमालेका युवा नेताहरूले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन्।
गत १५ जेठमा जारी अपानि बमोजिम केन्द्रीय कमिटी बैठक राख्ने, पुनगर्ठन कार्यदलको सुझाव प्रतिवेदनमाथि छलफल गर्ने र पार्टी पुनर्गठन गर्ने प्रक्रिया अगाडि नबढाइएको भन्दै उनीहरूले निवेदन दर्ता गराएका छन् ।
केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीमार्फत दर्ता भएको निवेदनमा तत्काल सचिवालय बैठक राख्न पनि माग गरिएको छ । ‘…नेकपा एमालेको समस्या समाधान गर्ने बाटो पार्टी बाहिर होइन, पार्टीभित्रको विधान सम्मत, लोकतान्त्रिक र कमिटी प्रणालीमा आधारित भएर सामुहिक छलफल, आत्मसमीक्षा र निर्णयबाटै संभव छ,’ निवेदनमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4