+
+
Shares

पत्रकार किशोर श्रेष्ठको रिहाइ गर्न प्रचण्डको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते ६:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको तत्काल रिहाइको माग गरेका छन्।
  • प्रचण्डले 'समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास हो' भनी आपत्ति जनाएका छन्।
  • उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै कानुनी प्रक्रिया पालना गर्नुपर्नेमा जोड दिएका छन्।

२८ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा पक्राउ गरिएको भन्दै तत्काल रिहाइको माग गरेका छन्।

प्रचण्डले समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा श्रेष्ठमाथि धरपकड गरिनु लोकतन्त्रको उपहास भएको बताएका छन्।

‘नेपालको स्थापित पत्रिका जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास हो’, प्रचण्डले भनेका छन्।

उनले श्रेष्ठलाई तत्काल रिहा गर्नसमेत माग गरेका छन्।

श्रेष्ठलाई समाचार प्रकाशनसँग जोडिएको विषयमा राज्य पक्षबाट पक्राउ तथा धरपकड गरिएको घटनाप्रति प्रचण्डले आपत्ति जनाएका हुन्। उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै कानुनी प्रक्रिया पालना गर्नुपर्नेमा जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?