News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साढे पाँच महिनाको उपचारपछि आज स्वदेश फर्किएका छन्।
- विमानस्थलमा देउवाको स्वागतका लागि नेपाली कांग्रेसका नेताहरूको बाक्लो उपस्थिति रहेको छ।
२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। उनी आज बिहीबार साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। गत वर्ष भदौ २४ मा जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका उनी उपचारका लागि श्रीमती आरजु राणा देउवासहित सिंगापुर गएका थिए।
उनी साढे पाँच महिनापछि नेपाल आएका हुन् । उनको स्वागतका लागि नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरूको विमास्थलमा भिड लागेको छ । देउवा पनि गाडीबाट हात हल्लाउँदै, खादामाला ग्रहण गरिरहेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4