+
+
Shares

कांग्रेस बैठकमा गगनले भने– पूर्व सभापति देउवालाई स्वागत छ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते १४:४८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिको बैठकमा पूर्व सभापति शेरबहादुर देउवालाई स्वागत गरेका छन्।
  • साढे पाँच महिनाको विदेश बसाइपछि स्वदेश फर्किएका पूर्व सभापति देउवाको स्वागतका लागि विमानस्थलमा नेता तथा कार्यकर्ता पुगेका थिए।
  • सर्वोच्च अदालतले पूर्व सभापति देउवा र पूर्व उपसभापति पूर्णबहादुर खड्काले दर्ता गराएको पुनरावलोकन निवेदनमा निस्सा दिएको छ।

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट पूर्व सभापति शेरबहादुर देउवालाई स्वागत गरेका छन् ।

सभापति थापाले पूर्व सभापति शेरबहादुर देउवालाई ‘स्वास्थ्य उपचारपछि नेपाल फर्कनु भएका पूर्व सभापतिलाई स्वदेशमा स्वागत छ’ भन्दै  केन्द्रीय समितिको बैठक सुरु गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी गराए ।

साढे पाँच महिनाको विदेश बसाइपछि बिहीबार देउवा नेपाल फर्किएका छन् । उनको स्वागतका लागि अन्तराष्ट्रिय विमानस्थलमा कांग्रेसका नेता कार्यकर्ता पुगेका थिए । चुनावअघि देउवा सिंगापुर गएका थिए ।

देउवा फर्केको एकदिन पछि संस्थापनइतरले तीन दिने राष्ट्रिय भेला बोलाएको छ । यही बेला संस्थापन पक्षको केन्द्रीय समिति बैठक बसिरहेको छ ।

पूर्व सभापति देउवा र पूर्व उपसभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतको  पूर्व आदेशमा पुनरावलोकन गर्न दिएको निवेदनमा अदालतले निस्सा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?