News Summary
Generated by OK AI. Editorially reviewed.- बिहीबार सेयर बजार ८.८१ अंकले बढेर नेप्से परिसूचक २६५१ विन्दुमा कायम भएको छ ।
- आज ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने १७१ कम्पनीको मूल्य बढेको छ ।
- सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको सेयर मूल्यमा १५ प्रतिशतको उच्च वृद्धि देखिएको छ ।
२८ साउन, काठमाडौं । बिहीबार सेयर बजार ८.८१ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २६५१ अंकमा कायम भएको छ ।
अघिल्लो दिन नेप्से जम्मा ०.५५ अंक बढेको थियो । आज १७१ कम्पनीको मूल्य बढेको छ भने ८६ को घटेको छ, त्यस्तै १९ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७२ करोडको भयो ।
सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३९, विकास बैंक ०.५३, फाइनान्स ०.०१, होटल तथा पर्यटन ०.३५, जलविद्युत् ०.५६, जीवन बीमा ०.२०, उत्पादन तथा प्रशोधन ०.५७, माइक्रोफाइनान्स ०.२२, निर्जीवन बीमा ०.५२ तथा अन्य ०.२८ प्रतिशत बढे । लगानी समूह ०.४९ प्रतिशत घट्यो ।
समूहगत कारोबार हेर्दा हाइड्रोपावर समूहको सबैभन्दा धेरै २ अर्ब १३ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३३ करोड, उत्पादन तथा प्रशोधन २० करोड, लगानी २२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
हालै सूचीकृत सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढ्यो । सुपर खुदी हाइड्रोपावरको १३.०२, घलेम्दी हाइड्रोको ११.९०, सीवाईसी लघुवित्तको ५.०९, पाल्पा सिमेन्टको ४.४८ प्रतिशत मूल्य बढ्यो । इमर्जिङ नेपालको मूल्य ५.११, सिर्जनशील लघुवित्तको ४.५३, अपर लोहोरेखोलाको ३.२९ प्रतिशत मूल्य घट्यो ।
आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, सोलु हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि रहे ।
प्रतिक्रिया 4