+
+
Shares

उही अंकमा थामियो सेयर बजार, बढ्यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १५:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगलबार सेयर बजारमा सामान्य सुधार आउँदै नेप्से परिसूचक २६४१.८५ अंकमा कायम भएको छ।
  • बजारमा कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेर ४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।
  • आज १३३ कम्पनीको सेयर मूल्य बढ्दा १२२ कम्पनीको घटेको छ भने २० कम्पनीको मूल्य स्थिर रहेको छ।

२६ साउन, काठमाडौं । मंगलबार सेयर बजार अघिल्लो दिनकै अंक २६४१ मा थामिएको छ । अघिल्ला तीन दिन लगातार घटेको बजार आज ०.७९ अंक धनात्मक रह्यो । नेप्से परिसूचक २६४१.८५ अंकमा कायम भएको छ ।

कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ३ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ११ करोडको भयो । १३३ कम्पनीको मूल्य बढ्दा १२२ को घट्यो भने २० को स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।

बैंकिङ ०.३२, होटल तथा पर्यटन ०.५०, जलविद्युत् ०.०५, लगानी ०.०७, जीवन बीमा ०.०९ तथा अन्य ०.०३ प्रतिशत बढे । विकास बैंक ०.१०, फाइनान्स ०.०७, उत्पादन तथा प्रशोधन ०.०८, माइक्रोफाइनान्स ०.३६, निर्जीवन बीमा ०.४० तथा व्यापार ०.७७ प्रतिशत घटे ।

समूहगत कारोबार हेर्दा हाइड्रोपावर समूहको सबैभन्दा धेरै २ अर्ब ३८ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३४ करोड, उत्पादन तथा प्रशोधन ३५ करोड, माइक्रोफाइनान्सको २९ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

अपर लोहोरेखोलाको मूल्य आज १५ प्रतिशत बढ्यो त्यस्तै हिमस्टार ऊर्जाको ३.७४, अपरहेवाखोलाको ३.६० प्रतिशत बढ्यो ।

महिला लघुवित्तको १४.९१ प्रतिशत मूल्य घट्यो । सप्तकोशी विकास बैंकको ३.९५, फस्र्ट माइक्रोफाइनान्सको ३.५५ प्रतिशत मूल्य घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा सोलु हाइड्रोपावर, रिडी पावर, ङादी ग्रुप, खानीखोला हाइड्रोपावर र फर्स्ट माइक्रोफाइनान्स क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?