+
+
Shares

सेयर बजार २६५० अंकमा झर्‍यो, कारोबार पनि घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १५:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुक्रबार शेयर बजार परिसूचक नेप्से ४ दशमलव ०५ अङ्कले घटेर २ हजार ६ सय ५० अङ्कमा कायम भएको छ ।
  • बजारमा कुल ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने ८६ कम्पनीको मूल्य बढेको र १ सय ८४ कम्पनीको मूल्य घटेको छ ।
  • कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर, रिडी पावर, सानिमा बैंक, खानीखोला हाइड्रोपावर र आँखुखोला जलविद्युत अग्रस्थानमा रहेका छन् ।

२२ साउन, काठमाडौं । शुक्रबार सेयर बजार २६५० अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा यस दिन बजार परिसूचक नेप्से ४.०५ अंक घटेको हो । आज पनि बजार दिनभरजसो रातो रह्यो । कारोबार रकम घटेको छ ।

अघिल्लो दिन ४ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७७ करोडको भयो । ८६ कम्पनीको मूल्य बढ्दा १८४ को घट्यो भने ६ को स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।

बैंकिङ ०.२४, विकास बैंक ०.२१, फाइनान्स ०.७०, होटल तथा पर्यटन ०.२७, जलविद्युत् ०.१३, लगानी ०.१७, जीवन बीमा ०.३१, निर्जीवन बीमा ०.२४, अन्य ०.१४ प्रतिशत घटे । उत्पादन तथा प्रशोधन ०.२५, माइक्रोफाइनान्स ०.०१ तथा व्यापार ०.१९ प्रतिशत बढे ।

समूहगत कारोबार हेर्दा हाइड्रोपावर समूहको सबैभन्दा धेरै १ अर्ब ९९ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ५१ करोड, उत्पादन तथा प्रशोधन २९ करोड, विकास बैंकहरुको १६ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

आत्मनिर्भर लघुवित्तको मूल्य आज ८.५४ प्रतिशत बढ्यो । त्यस्तै सोलु हाइड्रोको ३.९३, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.९ प्रतिशत मूल्य बढ्यो ।

अपर लोहोरेखोलाको ६.९३ तथा आँखुखोला जलविद्युतको २.९४ प्रतिशत मूल्य घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा सोलु हाइड्रोपावर, रिडी पावर, सानिमा बैंक, खानीखोला हाइड्रोपावर र आँखुखोला जलविद्युत् क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?