+
+
Shares

४ दिनपछि बढ्यो सेयर बजार, कारोबारमा सुधार

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साताको अन्तिम दिन १२.९६ अंकले वृद्धि हुँदै नेपाल स्टक एक्सचेन्ज २६८५ अंकमा पुगेको छ ।
  • आज ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको सेयर कारोबार हुँदा १८० कम्पनीको मूल्य बढेको छ ।
  • पूर्वी तराईको अशान्तिले प्रभावित बजारमा यो साता नेप्से परिसूचक समग्रमा ४९ अंकले घटेको छ ।

१५ साउन, काठमाडौं । अघिल्ला चार दिन लगातार घटेको सेयर बजार साताको अन्तिम कारोबार दिन शुक्रबार १२.९६ अंक बढेको छ ।

यो वृद्धिपछि नेप्से परिसूचक २६८५ अंकमा कायम भएको छ । यो साताका अघिल्ला चारै दिन बजार घटेको थियो । जसले गर्दा समग्रमा यो साता नेप्से ४९ अंक घट्न पुग्यो । गत शुक्रबार नेप्से २७३४ अंकमा रहेको थियो । पूर्वी तराईमा देखिएको अशान्तले यो साताको बजारलाई बढी प्रभाव पार्‍यो ।

कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७५ करोडको भयो ।

आज १८० कम्पनीको मूल्य बढ्दा ८२ को घट्यो भने १३ को स्थिर रह्यो । अधिकांश समूहगत सूचक बढेका छन् । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।

बैंकिङ ०.७२, विकास बैंक ०.४८, फाइनान्स ०.१८, होटल तथा पर्यटन ०.४८, जलविद्युत् ०.६९, लगानी ०.२३, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.२५, माइक्रोफाइनान्स ०.२४ तथा अन्य समूह ०.९३ प्रतिशत बढे । निर्जीवन बीमा र व्यापार समूह क्रमशः ०.१६ र ०.०७ प्रतिशत घटे ।

एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढ्यो । सूचीकृत भएपछि यस कम्पनीको मूल्य लगातार बढिरहेको छ । त्यस्तै जोशी हाइड्रोपावरको ६.७९, अपर लोहोरेखोलाको ६.४४, युनिभर्सल पावरको ४.३२ तथा विकास हाइड्रोपावरको ३.६८ प्रतिशत मूल्य बढ्यो ।

बोटलर्स नेपाल बालाजुको मूल्य ५.३३ प्रतिशत घट्यो । कालिन्चोक हाइड्रोपावरको ३.५५, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.०३ प्रतिशत मूल्य घट्यो ।

आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, ग्लोबल आईएमई बैंक, सेन्ट्रल फाइनान्स, रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?