News Summary
Generated by OK AI. Editorially reviewed.- साताको चौथो कारोबार दिन बिहीबार नेप्से परिसूचक १६.२९ अंकले घटेर २६७२ अंकमा कायम भएको छ ।
- निरन्तर ओरालो लागेको बजारमा यस साता मात्र कुल ६२ अंकको गिरावट देखिएको छ ।
- आज ३ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएकोमा अधिकांश समूहगत सूचकहरू रातो देखिएका छन् ।
१४ साउन, काठमाडौं । यो साताको लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ । बिहीबार बजारको परिसूचक नेप्से १६.२९ अंक घटेको हो ।
यो कमीपछि नेप्से २६७२ अंकमा अडिएको छ । यो साता कारोबार सुरु भएदेखि नै बजार लगातार घटिरहेको छ । साताको चार दिनमा नेप्से परिसूचक ६२ अंक घटेको छ । गत शुक्रबार नेप्से २७३४ अंकमा थियो ।
कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब २ करोडको कारोबार भएकोमा आज ३ अर्ब ३८ करोडको भयो । आज ५९ कम्पनीको मूल्य बढ्दा २०६ को घट्यो भने ११ को स्थिर रह्यो । सबै समूहगत सूचक घटेका छन् । विकास बैंक र जलविद्युत् समूह १ प्रतिशतभन्दा धेरै घटे ।
बैंकिङ ०.३३, विकास बैंक १.१२, फाइनान्स ०.१३, होटल तथा पर्यटन ०.२१, जलविद्युत् १.२०, लगानी ०.५५, जीवन बीमा ०.४२, उत्पादन तथा प्रशोधन ०.६७, माइक्रोफाइनान्स ०.४७, निर्जीवन बीमा ०.१९, अन्य ०.६९ तथा व्यापार ०.४२ प्रतिशत घटे ।
नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढ्यो । यस कम्पनीको मूल्य प्रतिकित्ता ११३८ रुपैयाँ पुगेको छ । त्यस्तै सेन्ट्रल फाइनान्सको २.८८, शुभम् पावरको २.१५, तारागाउँ रिजेन्सीको २.०१ प्रतिशत मूल्य बढ्यो ।
कालिन्चोक हाइड्रोपावरको मूल्य १५ प्रतिशत घट्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको १२.६८, सोलु हाइड्रोपावरको ३.८२, रिजलाइन इनर्जीको ३.४७ प्रतिशत मूल्य घट्यो ।
आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी पावर, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत् र सेन्ट्रल फाइनान्स छन् ।
प्रतिक्रिया 4