+
+
Shares

पञ्चायतकालमा पनि न्याय दिएको अदालत हो, मलाई पूरा विश्वास छ : शेरबहादुर देउवा

‘गणतन्त्र संविधानसभाले ल्याएको हो, मैले चाहेर जाँदैन’

नेपाली कांग्रेसेका निवर्तमान सभापति शेरबहादुर देउवाले जनता नै देशका मालिक भएको बताउँदै जे जनताले चाह्यो त्यही हुने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते १६:०६

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसेका निवर्तमान सभापति शेरबहादुर देउवाले जनता नै देशका मालिक भएको बताउँदै जे जनताले चाह्यो त्यही हुने बताएका छन् । बिहीबार स्वदेश फर्किपछि चुनदेवीस्थित कांग्रेस संस्थापन इतरको सम्पर्क कार्यालयमा नेताकार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

‘संविधानसभाले ल्याएको हो, गणतन्त्र । मैले ल्याएको हो ?,’ देउवाले भने, ‘मैले चाहँदा आएको पनि होइन, मैले चाहेर जाँदैन पनि ।’ जनता नै मालिक भएको बताउँदै उनले अगाडि भने, ‘नेपाली जनता सबैभन्दा ठूलो कुरा हो, नेपाली जनता नेपालको मालिक हो, यो मालिकले जे भन्यो त्यही हुन्छ ।’

नेपाली जनता र नेपाली अदालतमाथि आफूलाई पूरा विश्वास रहेको पनि देउवाले बताए । ‘सर्वोच्च अदालत पञ्चायतकालदेखि नै निष्पक्ष न्याय दिएको अदालत हो, यो अदालतप्रति मलाई पूरा विश्वास छ,’ देउवाले भने ।

आफू भोलिका दिनमा पनि लडिरने देउवाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?