+
+
Shares

थाक्रेको ८ किलोमा पहिरो खस्दा काठमाडौं-मुग्लिन सडक दुईतर्फी अवरुद्ध

मुग्लिङ-काठमाडौं सडकखण्ड अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-६ स्थित आठकिलोमा खसेको पहिरोले सडक दुईतर्फी अवरुद्ध बनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते ६:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धादिङको थाक्रे गाउँपालिका-६ स्थित आठकिलोमा खसेको पहिरोले काठमाडौं-मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध बनेको छ ।
  • बिहीबार बिहान सवा २ बजे खसेको पहिरोका कारण राजमार्गमा सवारीसाधनको आवागमन पूर्णरूपमा ठप्प भएको छ ।
  • प्रहरीले चार वटा उपकरण प्रयोग गरी पहिरो पन्छाउने काम जारी राखेको र केही समयमा सडक सञ्चालन हुने जनाएको छ ।

२९ साउन, काठमाडौं । काठमाडौं-मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-६ स्थित आठकिलोमा खसेको पहिरोले सडक दुईतर्फी अवरुद्ध बनेको छ ।

राजमार्गमा पहिरो खसेका कारण काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनहरू बीच सडकमै रोकिएका छन् ।

धादिङ प्रहरीका अनुसार बिहीबार बिहान करिब सवा २ बजेतिर खसेको पहिरोले सडक दुईतर्फी अवरुद्ध रहेको छ ।

अहिले चार वटा उपकरण प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

पहिरो पन्छाउन अझै करिब आधा घण्टा लाग्ने प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?