News Summary
Generated by OK AI. Editorially reviewed.- पत्रकार किशोर श्रेष्ठलाई काठमाडौंको भद्रकालीस्थित प्रहरी परिसरबाट महाराजगञ्ज वृत्तको हिरासतमा सारिएको छ।
- वैयक्तिक गोपनीयतासम्बन्धी उजुरीका आधारमा २७ साउनमा पक्राउ परेका श्रेष्ठलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
- सर्वोच्च अदालतले पत्रकार श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको भन्दै दायर रिटमा बरामद सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
२९ साउन, काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरी वृत्त महाराजगञ्जको हिरासत सारिएको छ ।
यसअघि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा राखिएका पत्रकार श्रेष्ठलाई अहिले भने प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखिएको छ । पत्रकार श्रेष्ठलाई महाराजगञ्ज वृत्तको हिरासतमा राखिएको पुष्टि प्रहरीले गरेको छ ।
समाचारका विषयलाई लिएर एक महिलाले वैयक्तिक गोपनियता भंग भएको भन्दै दिएको उजुरीका आधारमा पत्रकार श्रेष्ठ २७ साउनको राति आफ्नै निवास कुसुन्तीबाट पक्राउ परेका थिए । बिहीबार मात्रै अदालतले श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
उनलाई गैरकानुनी थुनामा राखिएको भन्दै दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले बरामद सामग्रीसहित सोमबार अदालत उपस्थित गराउन आदेश दिएको छ ।
प्रतिक्रिया 4