+
+
Shares

झरीमा रुझ्दै ग्याँस लिने लाइनमा उपभोक्ता (तस्वीरहरू)

ग्याँस वितरण भइरहेको टेकुमा पानी परेपछि रुझ्दै उपभोक्ता लाइनमा लागेका छन् ।

सुरेश राय सुरेश राय
२०८३ साउन ३० गते १४:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल आयल निगमले एलपी ग्याँसको अभावलाई मध्यनजर गर्दै आज काठमाडौँ उपत्यकाका पाँच स्थानबाट ग्याँस बिक्री वितरण सुरु गरेको छ ।
  • ग्याँस लिन पुगेका उपभोक्ताको अत्यधिक भिडका कारण वितरण कार्य अस्तव्यस्त बनेको छ भने टेकुमा पानी परेपछि उपभोक्ता रुझ्दै लाइनमा बस्न बाध्य भएका छन् ।
  • ग्याँस खरिद गर्न चाहने उपभोक्ताले अनिवार्य रूपमा नागरिकता वा राष्ट्रिय परिचयपत्र बोक्नुपर्ने व्यवस्था निगमले गरेको छ ।

३० साउन, काठमाडौं । नेपाल आयल निगमले आज उपत्यकाका विभिन्न पाँच स्थानबाट ग्याँस बिक्री गरिरहेको छ ।

पछिल्लो समय उपभोक्ताले खाना पकाउने एलपी ग्याँसको चरम अभाव खेपिरहेका कारण सहजता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र निगमको समन्वयमा ग्याँस उद्योगीमार्फत ग्याँस बिक्री वितरण गरिएको हो ।

यद्यपि ग्यास लिन पुगेका उपभोक्ताहरूको भिड बढेपछि अवस्था अस्तव्यस्त बनेको छ ।

ग्याँस वितरण भइरहेको टेकुमा पानी परेपछि रुझ्दै उपभोक्ता लाइनमा लागेका छन् । अतिआवश्यक परेका उपभोक्तालाई मात्र लक्षित गरी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्याँस बिक्री सुरु गरिएको थियो ।

ग्याँस खरिद गर्न चाहने उपभोक्ताले साथमा अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र लिनुपर्नेछ ।

निगमका अनुसार ग्याँस आयात नियमित भइरहेको र सम्बन्धित उद्योगले आ–आफ्ना बिक्रेता (डिलर) मार्फत नियमित बिक्री वितरण गरिरहे पनि ग्याँस सकिएरै अतिआवश्यक अवस्थामा पुगेका व्यक्तिलाई मात्र तत्काल राहतका लागि यो विशेष व्यवस्था मिलाइएको हो ।

थप तस्वीरहरू–

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?