+
+
Shares

भदौका लागि घट्यो औसत ब्याजदर, मुद्दतीमा कुन बैंकले कति दिन्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गरेको भदौ महिनाको सूचीअनुसार वाणिज्य बैंकहरूको औसत निक्षेप ब्याजदरमा थप गिरावट आएको छ।
  • साउनको तुलनामा भदौमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा शून्य दशमलव शून्य तीन एक पाँच प्रतिशत बिन्दुले घटेको छ।
  • बजारमा पर्याप्त लगानीयोग्य रकम हुनु र कर्जा प्रवाह सुस्त हुनुका कारण ब्याजदरमा निरन्तर दबाब परेको अर्थशास्त्रीहरूले जनाएका छन्।

३१ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले भदौ महिनाका लागि ब्याजदर सूची सार्वजनिक गरेका छन् । भदौ महिनामा पनि वाणिज्य बैंकहरूको औसत ब्याजदर घटेको छ ।

बैंकहरूले मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजको औसत दर घटेको छ । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीसँगै कर्जाको ब्याज पनि घट्न जान्छ ।

पहिले नै लामो अवधिको मुद्दती खाता खोलेकाहरूले भने त्यतिबेलाको शर्तअनुसार सोही ब्याजदर पाउँछन् । भदौमा खुल्ने नयाँ मुद्दती खाता तथा यो महिनामा अवधि समाप्तपछि नवीकरण हुने मुद्दतीका हकमा मात्रै नयाँ ब्याजदर कायम हुने छ ।

जब निक्षेपको ब्याजदर घट्छ, त्यसले आधार दर घट्न गई कर्जाको ब्याजदर घटाउनका लागि दबाब पुग्छ ।  २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा साउनको तुलनामा भदौमा ०.०३१५ प्रतिशत बिन्दु घटेको छ । साउनमा अधिकतम मुद्दती ब्याजदर औसत ४.१६७५ रहेकोमा भदौमा यो ४.१३६० प्रतिशतमा कायम भएको छ ।

साउनको तुलनामा भदौमा ५ वाणिज्य बैंकले ब्याजदर केही घटाएका छन् भने १५ ले स्थिर राखेका छन् । साउनको तुलनामा भदौमा ब्याजदर घटाएका बैंकमा नेपाल, सिटिजन्स, स्टान्डर्ड चार्टर्ड, कुमारी र सिद्धार्थ बैंक छन् । अरु १५ बैंकले स्थिर राखेका छन् ।

केही बैंकले ब्याजदर सामान्य घटाउँदा औसत दर घटेको हो । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ४.५५ प्रतिशतभन्दा तल झरेको छ । भदौमा व्यक्तिगत मुद्दतीमा नबिल र प्रभुको ब्याजदर अरुको भन्दा केही बढी देखिन्छ ।

तर दुबैले दिने ४.५५ प्रतिशत ब्याजदर १० वर्षभन्दा बढी अवधिको लागि मात्रै हो । तसर्थ लामो अवधिका लागि केही बढी र छोटो अवधिका लागि कम ब्याजदर बैंकले दिने गरेका छन् ।

बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह हुन नसक्दा ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ ।

राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बैंकको पैसा खिच्दै आएको छ ।

स्रोत : पत्रपत्रिकामा सार्वजनिक सूचना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?