+
+
Shares

‘गौंथली’ को कमाइ साढे २३ करोड, ‘कमला मिस’ को कति छ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १३:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘गौंथली’ले प्रदर्शनको ३१ दिनमा २३ करोड ५५ लाख रुपैयाँ ग्रस कमाइ गर्दै सर्वकालिन धेरै कमाउने दोस्रो नेपाली फिल्म बनेको छ।
  • चलचित्र विकास बोर्डका अनुसार ८ लाख ५५ हजारभन्दा बढी दर्शकले फिल्म ‘गौंथली’ हेरेका छन्।
  • प्रदर्शनरत फिल्म ‘हली’ले २१ लाख ७७ हजार रुपैयाँ र ‘कमला मिस’ले २ लाख ६१ हजार रुपैयाँ ग्रस कमाइ गरेका छन्।

काठमाडौं । प्रदर्शनको ३१ दिनसम्म फिल्म ‘गौंथली’ले देशब्यापी २३ करोड ५५ लाख रुपैयाँ ग्रस कमाएको छ । चलचित्र विकास बोर्डले आइतबारसम्मको कमाइको विवरण बाहिर ल्याएको हो ।

जसअनुसार, सोही अवधिसम्म यो फिल्मलाई ८ लाख ५५ हजारभन्दा धेरै दशर्कले हेरेका छन् । कपिल रिजाल निर्देशित यो फिल्म सर्वकालिन धेरै कमाउने दोस्रो नेपाली फिल्म बनिसकेको छ ।

प्रदर्शनरत अर्को फिल्म ‘कमला मिस’को कमाइ निकै कमजोर देखिएको छ । नीर शाह निर्देशित यो फिल्मले आइतबारसम्म २ लाख ६१ हजार रुपैयाँ ग्रस मात्र कमाएको छ । यसलाई ७१८ जना दर्शकले मात्र हेरेका छन् ।

अर्को फिल्म ‘हली’ले २१ लाख ७७ हजार रुपैयाँ कमाएको छ । यो फिल्मलाई ७७१० जना दर्शकले हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?