News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय स्थल सेना प्रमुख जनरल धीरज सेठले नेपाली सेनालाई स्वास्थ्य तथा सैनिक सामग्री हस्तान्तरण गरेका छन्।
- प्रधानसेनापति अशोकराज सिग्देल र जनरल सेठबीच जंगी अड्डामा आपसी हित र द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ।
- राष्ट्रपति रामचन्द्र पौडेलले जनरल सेठलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानीचिह्न प्रदान गरेका छन्।
१ भदौ, काठमाडौं । भारतीय स्थल सेना प्रमुख जनरल धीरज सेठले नेपाली सेनालाई स्वास्थय सामाग्री हस्तान्तरण गरेका छन् ।
सैनिक मुख्यालय जंगी अड्डाका अनुसार सेठले स्वास्थ्य सामाग्रीका साथै सैनिक सामाग्री पनि हस्तारण गरेका छन्। यसअघि सेठले सैनिक मुख्यालयमा वृक्षारोपण पनि गरेका थिए ।
जंगी अड्डामै प्रधानसेनापति अशोकराज सिग्देल र सेठबीच शिष्टाचार भेटवार्ता समेत भएको थियो। भेटका क्रममा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक मुख्यालयले बताएको छ।
प्रधानसेनापति सिग्देलको निमन्त्रणमा आइतबार काठमाडौं आइपुगेका सेठले टुँडिखेलस्थित सैनिक मञ्चमा माल्यार्पण गरेका थिए। त्यसपछि सैनिक मुख्यालयमा गार्ड अफ अनर लिएका थिए।
सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलमार्फत नेपाली सेनाको सम्मानार्थ प्रधानसेनापतिको दर्ज्यानीचिह्न समेत प्रदान गरिएको छ।
प्रतिक्रिया 4