+
+
Shares

शेरबहादुर देउवा र गगन थापाबीच दुरी घटाउन मध्यस्थकर्ता बन्न तयार छु : कोइराला

नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गगन थापा र शेरबहादुर देउवाबीचको दुरी घटाउन आफू मध्यस्थता गर्न तयार रहेको बताएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १५:२४

१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गगन थापा र शेरबहादुर देउवाबीचको दुरी घटाउन आफू मध्यस्थता गर्न तयार रहेको बताएका छन्।

सोमबार काठमाडौंमा पार्टीको संस्थापनइतर समूहले आयोजना गरेको चियापान कार्यक्रममा नेता कोइरालाले गगन थापा र शेरबहादुर देउवाबीचको दुरी घटाउन र दुवै पक्षबीच सकारात्मक संवाद गराउन आफू मध्यस्थता गर्न तयार रहेको बताएका हुन्।

उनले वर्तमानमा विवाद र असहमतिहरू देखिए पनि पार्टीका शीर्ष नेतृत्व र समूहहरू अन्ततः मिल्नुको विकल्प नरहेको र सहमतिमा पुग्ने विश्वास व्यक्त गरे।

उनले बीपी कोइराला र प्रदीप गिरिका पालामा विचार र आदर्शमा आधारित सैद्धान्तिक बहस हुने गरेको स्मरण गर्दै हालको राजनीतिमा गाली–गलौज र भाषाको स्तर गिरेको भन्दै चिन्ता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?