News Summary
Generated by OK AI. Editorially reviewed.- गायक तथा चिकित्सक डा. रणजितकुमार झाले आफ्नो नयाँ प्रेमिल गीत ‘न गाँस्थे म प्रित’ सार्वजनिक गर्नुभएको छ ।
- काठमाडौंको रञ्जना हलमा कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त गीत र म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
- डा. झाकै शब्द, संगीत र स्वर रहेको यो गीत उहाँको ‘जीवन पथ २’ एल्बममा समावेश छ ।
काठमाडौं । गायक, संगीतकार तथा वीर अस्पतालका कन्सल्टेन्ट सिनियर फिजिसियन डा. रणजितकुमार झाको नयाँ प्रेमिल गीत ‘न गाँस्थे म प्रित’ र त्यसको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
कलाकार मदनकृृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा रञ्जना हलमा आयोजित समारोहमा गीत सार्वजनिक गरियो । पाश्र्वगीतको शैलीमा तयार पारिएको गीत र म्युजिक भिडियोमा प्रेम, आकर्षण र भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ ।
यो गीत गीतकार झाको एल्बम ‘जीवन पथ २’ एल्बममा समावेश गीत हो । गीतमा डा. झाकै शब्द, संगीत र स्वर छ । गीतको एरेन्ज पबिधान खालिङले गरेका छन् भने किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।
म्युजिक भिडियोमा सोहल्या झा र सुरेश कोहलीले अभिनय गरेका छन् । भिडियोमा सोहल्या र सुरेशलाई प्रेमिल भावमा प्रस्तुत गरिएको छ । भिडियो निर्देशन, कथा लेखन तथा कोरियोग्राफी कविराज गहतराजको छ ।
रामशरण उप्रेतीको छायांकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन, कलर र जीएफएक्स छ । सरोज पाण्डेले मेकअप गरेका छन् भने सूर्य ओलीको प्रोडक्सन गरेका हुन् ।
गीत तथा भिडियो सार्वजनिक कार्यक्रममा झाले चिकित्सा पेसासँगै संगीतप्रतिको आफ्नो रुचिलाई निरन्तरता दिँदै आएको बताए ।
प्रतिक्रिया 4