News Summary
Generated by OK AI. Editorially reviewed.- अर्जुन कुलुङ राई र मन्जु सुनुवारले ब्याकयार्ड अल्ट्रा– २०२६ को उपाधि जितेका छन् ।
- अर्जुनले ३३ लुप पूरा गर्दै नयाँ कोर्स रेकर्ड कायम गरे भने मन्जुले १४ लुप पूरा गरिन् ।
- विजेता दुवै खेलाडीले जनही ३० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
१ भदौ, काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा– २०२६ मा पहिलो भएका छन् । अल्ट्रा ट्रेल्स नेपालको आयोजना भएको ट्रेलमा एक्सटेपबाट खेलेका अर्जुन पुरुष तथा महिलमा मन्जु पहिलो भएका हुन् ।
अर्जुनले ३३ लुप पूरा गरी शीर्ष स्थानमा रहँदै नयाँ कोर्स रेकर्ड पनि कायम गरे । यसअघि ३२ लुपको कोर्स रेकर्ड हेमन्त राणाको नाममा थियो ।
मन्जुले पनि कोर्स रेकर्ड कायम गर्ने क्रममा १४ लुप पूरा गरिन् । यसअघि १२ लुपको कोर्स रेकर्ड रहेको थियो । शीर्ष स्थानमा रहने दुवैले जनही ३० हजार नगद पुरस्कार हात पारे । दोश्रोदेखि दसौं स्थानमा रहनेलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो ।
सहभागीले १ लुपमा ६.७ किलोमिटर दूरी १ घण्टाको समयमा तय गर्नु पर्ने थियो । त्यसो गर्न नसक्ने खेलाडी सीधै प्रतियोगिताबाट बाहिरिने नियम थियो ।
प्रतियोगिता निर्देशक दिवाकर बुढाले यस खालको प्रतियोगिताले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
आयोजकका अनुसार प्रतियोगतामा नेपाल, फ्रान्स, अमेरिका, डेनमार्क, नर्वे, स्विट्जरल्यान्डलगायत राष्ट्रबाट ६५ प्रतिस्पर्धी सहभागी थिए । दौड चन्द्रागिरी नगरपालिकाको मत्छेगाउँबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः त्यही आएर टुंगिएको थियो ।
ब्याक यार्ड अल्ट्राको विश्व च्याम्पियनसिप सन् २०२६ को अक्टोबर १७ तारिख पोखरामा हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4