+

विश्वकपका उत्कृष्ट खेलाडी रोड्री बार्सिलोना जाने

२०८३ भदौ  १ गते ११:५७ २०८३ भदौ १ गते ११:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका मिडफिल्डर तथा विश्वकप विजेता रोड्रीलाई ६५ मिलियन पाउण्डमा अनुबन्ध गर्ने तयारी गरेको छ ।
  • बीबीसीका अनुसार रोड्रीले बार्सिलोनासँग चार वर्षको सम्झौता गर्नेछन् र यो ट्रान्सफर प्रक्रिया केही दिनभित्रै पूरा हुनेछ ।
  • सन् २०२४ को बालोन डे’ओर विजेता ३० वर्षीय रोड्रीले म्यानचेस्टर सिटीमा रहँदा १२ वटा महत्त्वपूर्ण उपाधि जितेका थिए ।

१ भदौ, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी रोड्रीलाई अनुबन्ध गर्ने भएको छ ।

स्पेनलाई १६ वर्षपछि विश्वकप जिताउने टिमका कप्तान तथा मिडफिल्डर रोड्रीलाई ६५ मिलियन पाउण्डमा अनुबन्ध गर्न बार्सिलोना तयार भएको बीबीसीले उल्लेख गरेको छ ।

३० वर्षे रोड्रीले सन् २०२४ मा बालोन डे’ओर अवार्ड जितेका थिए । रोड्रीले ला लिगाको च्याम्पियन बार्सिलोनासँग ४ वर्षको सम्झौता गर्ने तयारी छ ।

केही दिनभित्रै यो ट्रान्सफर पूरा हुने बीबीसीले जनाएको छ ।

गत साता बार्सिलोनाले प्रस्ताव गरेको ३८.५ मिलयन पाउण्ड प्रस्ताव भने सिटीले अस्वीकार गरेको थियो ।

रोड्रीले इंग्लिस क्लब म्यानचेष्टर सिटीमा रहँदा २९८ खेल खेल्दै १२ ट्रफी जितेका थिए । उनी सन् २०१९ मा स्पेनकै अर्को क्लब एट्लेटिको मड्रिडबाट ६२.८ मिलयन पाउण्डमा म्यानच्षेटर सिटीमा अनुबन्ध भएका थिए ।

रोड्रीले घुँडाको चोटका कारण २०२४-२५ सिजनको अधिकांश समय मैदान बाहिर बिताएका थिए । तर उत्तर अमेरिकामा भएको फिफा विश्वकपमा भने रोड्रिले स्पेनको लागि कप्तानी गर्दै उपाधि जिताउन मदत गरे ।

सिटीमा रहँदा उनले ४ प्रिमियर लिग, २ एफए कप, ३ इएफए कप र १ च्याम्पियन्स लिग उपाधि जितेका थिए ।

बार्सिलोना रोड्री
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय