News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आगामी नोभेम्बर २३ देखि २९ सम्म साउदी अरेबियाको रियादमा आयोजना हुने ईस्पोर्ट्स नेसन्स कप २०२६ मा सहभागिता जनाउने भएको छ।
- नेपाली टोलीले मोबाइल लेजेन्ड्सः ब्याङ ब्याङ र पब्जी मोबाइल गरी दुई विधामा प्रतिस्पर्धा गर्नेछन्।
- एमएलबीबीतर्फ छनोट चरण पार गरेको नेपाललाई पब्जी मोबाइलका लागि भने आयोजकले सिधै आमन्त्रण गरेको छ।
१ भदौ, काठमाडौं । आगामी नोभेम्बर २३ देखि २९ सम्म साउदी अरेबियाको रियादमा आयोजना हुने ईस्पोर्ट्स नेसन्स कप (ईएनसी) २०२६ मा नेपालले दुई खेलमा सहभागिता जनाउने भएको छ ।
नेपालको टोलीले मोबाइल लेजेन्ड्सः ब्याङ ब्याङ (एमएलबीबी) र पब्जी मोबाइलतर्फ प्रतिस्पर्धा गर्नेछ । एमएलबीबीतर्फ नेपालले छनोट चरण पार गर्दै प्रतियोगितामा स्थान बनाएको हो भने पब्जी मोबाइलतर्फ नेपाललाई आयोजकले सिधै आमन्त्रण गरेको हो ।
एमएलबीबीतर्फ प्रतियोगितामा विश्वका उत्कृष्ट ३२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस विधाको कुल पुरस्कार राशि १५ लाख अमेरिकी डलर रहेको छ ।
पब्जी मोबाइलतर्फ भने नेपालको टोलीले आमन्त्रणका आधारमा सहभागिता जनाउनेछ । यससँगै नेपालले ईएनसीको दोस्रो संस्करणमा एमएलबीबी र पब्जी मोबाइल दुवै विधामा प्रतिनिधित्व गर्ने भएको छ ।
साउदी अरेबियाको राजधानी रियादमा हुने प्रतियोगितामा विश्वभरका विभिन्न देशका राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4