News Summary
Generated by OK AI. Editorially reviewed.- लेन्सले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० ले पराजित गर्दै फ्रेन्च सुपर कपको उपाधि जितेको छ ।
- खेलको ३२औं मिनेटमा फ्लोरिन थाउभिनले गरेको गोल नै लेन्सको जितका लागि निर्णायक बनेको छ ।
- खेलको ३९औं मिनेटमा किलिएन एन्टोनिओ र ८६औं मिनेटमा पीएसजीका नुनो मेन्डेजले रातो कार्ड पाएका थिए ।
१ भदौ, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० ले पराजित गर्दै लेन्सले फ्रेन्स सुपर कपको उपाधि जितेको छ । गएराति लेन्सको स्टेड बोलाएट डेलेलिसमा भएको खेलमा दश खेलाडीमा रहेर पनि लेन्सले पीएसजीलाई स्तब्ध पारेको हो ।
लेन्सका लागि फ्लोरिन थाउभिनले ३२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । किलिएन एन्टोनिओले ३९औं मिनेटमा रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा समेटिएको थियो ।
एक खेलाडी कम रहेको अवसरको फाइदा पीएसजीले उठाउन सकेन । पीएसजीकै नुनो मेन्डेजले ८६औं मिनेटमा रातो कार्ड पाएपछि पीएसजीले पनि दश खेलाडीमा रहेर खेल अन्त्य गरेको थियो ।
गत सिजन लिगमा पीएसजी भन्दा पछि रहँदै दोस्रो भएको लेन्सले फ्रेन्च कपको उपाधि जितेको थियो । लेन्स लिग वान र फ्रेन्च कपको विजेताबीच नयाँ सिजनअघि फ्रेन्च सुपर कप खेल हुँदै आएको छ ।
प्रतिक्रिया 4