+
+
Shares

४२० मेगावाट तिला-२ जलविद्युत् आयोजनाका लागि लगानी सम्झौता सम्पन्न

दैनिक ६ घण्टासम्म पिकिङ अवधारणामा सञ्चालन गर्न सकिने अर्धजलाशययुक्त (पीआरओआर) प्रकृतिको आयोजनाको कुल लागत ७० अर्ब ७ करोड बराबर छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १८:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवर्द्धित ४२० मेगावाटको तिला-२ जलविद्युत आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ ।
  • कालिकोटमा निर्माण हुने यस अर्धजलाशययुक्त आयोजनाको कुल लागत ७० अर्ब ७ करोड रुपैयाँ रहेको छ जसमा ७५ प्रतिशत ऋण लगानी रहनेछ ।
  • आयोजनाले सुक्खायाममा दैनिक ६ घण्टा पिकिङ क्षमतासहित वार्षिक २३१८.७९ गिगावाट आवर विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

१ भदौ, काठमाडौं । ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवर्द्धित ४ सय २० मेगावाट क्षमताको तिला-२ जलविद्युत आयोजनाका लागि एभरेस्ट बैंक लिमिटेडको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग लगानी सम्झौता सम्पन्न भएको छ ।

आयोजनामा लगानी गर्ने कर्न्सोटियम बैंकहरूमा सहअगुवाका रूपमा सानिमा बैंक छ भने प्राइम कमर्सियल बैंक, एनआईसी एसिया बैंक, र ग्लोबल आईएमई बैंक को-लिड बैंक छन् ।

त्यसैगरी सहभागी बैंकमा सिद्धार्थ बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंक छन् ।

कर्णाली प्रदेश कालिकोट जिल्लामा निर्माण हुने उक्त आयोजना अन्तर्गत तिलागुफा नगरपालिकामा बाँध तथा खाँडाचक्र नगरपालिकामा विद्युत् गृह निर्माण गरिने छ । दैनिक ६ घण्टासम्म पिकिङ अवधारणामा सञ्चालन गर्न सकिने अर्धजलाशययुक्त (पीआरओआर) प्रकृतिको आयोजनाको कुल लागत ७० अर्ब ७ करोड बराबर छ ।

कुल लागतको ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५५ करोड बैंक तथा वित्तीय संस्थाबाट ऋणका रूपमा जुटाइने छ भने बाँकी २५ प्रतिशत अर्थात् १७ अर्ब ५२ करोड स्वपूँजीबाट व्यवस्थापन गरिने छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि २० प्रतिशत सेयर समेत छुट्याएको छ । आयोजनाले ७ भदौ  २०७५ मा विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमति प्राप्त गरिसकेको छ भने ७ कात्तिक २०८१ मा नेपाल विद्युत् प्राधिकरणसँग २९६.७४ मेगावाट क्षमताका लागि विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) सम्पन्न गरेको छ ।

आयोजना निर्माण सुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । सञ्चालनमा आएपछि सुक्खायाममा दैनिक ६ घण्टा पिकिङ क्षमतामा सञ्चालन हुने यो आयोजनाबाट कुल वार्षिक २३१८.७९ गिगावाट आवर विद्युत् उत्पादन हुने र त्यसमध्ये सुक्खायामको पिक समयमा ४५१.०५ गिगावाट आवर, अफ पिक समयमा २०५.४५ गिगावाट आवर र वर्षायाममा १६६२.२९ गिगावाट आवर उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ ।

लगानी सम्झौता सम्पन्न भएसँगै आयोजनाको वित्तीय व्यवस्थापनको महत्त्वपूर्ण चरण पूरा भएको छ । उच्च माग हुने समयमा विद्युत् उत्पादन गर्न सक्ने प्रकृतिको यस आयोजनाले राष्ट्रिय विद्युत् प्रणालीको आपूर्तिमा थप योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

यस आयोजनाका मुख्य प्रवर्द्धकमा स्ट्रिम इन्भेस्टमेन्ट, ऊर्जा इम्प्याक्ट फन्ड, रविन्स यूएसए लगायत संस्थागत तथा व्यक्तिगत लगानीकर्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?