+
+
Shares

हाम्रो जीवनरेखा बन्द भयो, भेरी कोरिडोर सञ्चालनमा ल्याइदिनुस् : सांसद बुढा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते ११:२३

२ भदौ, काठमाडौं । प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले अवरुद्ध भएको भेरी कोरिडोर सञ्चालनमा ल्याउन माग गरेका छन् ।

जाजरकोटमा आएको बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा डोल्पावासी समस्या परेको भन्दै सांसद बुढाले तत्काल सडक सञ्चालनको व्यवस्था गरिदिन सरकारसँग माग गरेका हुन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै बुढाले भने,’ जाजरकोट-डोल्पा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । यो सडक डोल्पावासीको जीवन रेखा हो । हामम्रो जीवन रेखा नै बन्द भयो ।’

उनले तत्कालका लागि भेरी कोरिडोरमा अस्थायी पुन निर्माणका साथै वैकल्पिक मार्ग संचालन ग माग गरे । साथै बाढीपहिरो पीडितका लागि राहत र उद्धारको माग गरेका छन् ।

केही दिनअघि जाजरकोका विभिन्न ठाउँमा गएको पहिरो र बाढीले भेरी कोरिडोर बन्द भएको छ भने ठूलो मानवीय र भौतिक क्षति पुगेको छ ।

साथै सा‌सद बुढाले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका धेरै गाउँमा टेलिफोन सेवा अवरुद्ध भएको जानकारी गराउँदै तत्कालन संचालन ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । माथिल्लो डोल्पामा अहिलेसम्म पनि चोर जी सेवा नरहेको उल्लेख गर्दै त्यसको व्यवस्था गरिदिन पनि उनले माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?