News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता आकाश श्रेष्ठले अभिनेत्री तथा मोडल करुणा श्रेष्ठसँगको प्रेम सम्बन्धलाई औपचारिकरुपमा स्वीकारेका छन् ।
- आकाशले इन्स्टाग्राममा तस्बिर सार्वजनिक गर्दै उनीहरूको प्रेम सम्बन्ध पाँच वर्ष पुगेको उल्लेख गरेका छन् ।
- लामो समयदेखि चर्चामा रहेको यो जोडीले यसअघि थुप्रै म्युजिक भिडियोमा एकसाथ काम गरिसकेका छन् ।
काठमाडौं । अभिनेता आकाश श्रेष्ठले अन्ततः अभिनेत्री तथा मोडल करुणा श्रेष्ठसँगको ‘प्रेम सम्बन्ध’लाई औपचारिकरुपमा स्वीकारेका छन् ।
अभिनेताले इन्स्टाग्राममा मंगलबार बिहान करुणासँगको रोमान्टिक फोटो पोस्ट गर्दै आफूहरूको प्रेम सम्बन्धको ५ वर्ष पुगेको उल्लेख गरेका छन् ।
उनी लेख्छन्, ‘हाम्रो ५ वर्ष । हामी पछाडिका असंख्य सुन्दर क्षणहरू । जीवनमा अझै गन्नै नसकिने सुन्दर क्षणहरूको प्रतिक्षामा र जिन्दगीभर ।’

लामो समयदेखि यी दुईजनाबीच प्रेम सम्बन्धको चर्चा थियो । यी दुईजनाले एकसाथ कैंयन म्युजिक भिडियोहरू एकसाथ गरेका छन् । डेब्यू फिल्म ‘सयकडा दश’ व्यवसायिकरुपमा असफल भएपछि करुणा म्युजिक भिडियोमा ब्यस्त थिइन् ।
यी दुईले औपचारिकरुपमा प्रेम सम्बन्ध नस्वीकारेपछि यसअघि रोमान्टिक फोटोहरू पोस्ट गर्दै आएका थिए । अहिले भने आकाशले सार्वजनिकरुपमा प्रेम सम्बन्धलाई स्वीकारेका छन् ।
आकाशको पोस्टको अर्थ, यी दुईजना अब चाँडै विवाहको तयारीमा समेत छन् ।
प्रतिक्रिया 4