+
+
Shares

रुसी विदेश मन्त्रालयबाट कुनै प्रतिक्रिया नदिई बाहिरिए जापानी राजदूत

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल टापुको इटुरुप भ्रमण गरेका थिए । उक्त भ्रमणलाई लिएर टोकियोले विरोध जनाएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १५:१२

२ जेठ, काठमाडौं । मस्कोस्थित जापानी राजदूत अकिरा मुटो मंगलबार बिहान रुसी विदेश मन्त्रालयमा २५ मिनेट बिताएर कुनै प्रतिक्रिया नदिई बाहिरिएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल टापुको इटुरुप भ्रमण गरेका थिए । उक्त भ्रमणलाई लिएर टोकियोले विरोध जनाएको थियो । सोही विरोधपछि रुसी विदेश मन्त्रालयले जापानी राजदूतलाई बोलाएको हो ।

टासका पत्रकारको प्रश्नमा रुसी विदेश मन्त्री सर्गेई लाभरोभले सुरुमा जापानी दूतावासले अलमल गरेको बताएका छन् । दूतावासले कुनै स्पष्ट कारण नदिई अगस्ट १४ वा अगस्ट १७ मा राजदूत मन्त्रालय आउन नसक्ने जनाएको थियो ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले लाभरोभको टिप्पणीपछि मुटोको ‘अचानक स्वास्थ्य सुधार भएको’ र अगस्ट १८ मा आउने निर्णय गरेको जनाएकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?