+
+
Shares

१९ अंक घट्यो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगलबार सेयर बजार १९.३४ अंकले घटेर नेप्से परिसूचक २६२२ अंकमा कायम भएको छ ।
  • आज ५ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने २१७ कम्पनीको सेयर मूल्य घटेको छ ।
  • व्यापार समूहबाहेक अन्य सबै समूहगत सूचकमा गिरावट आएको छ ।

२ भदौ, काठमाडौं । मंगलबार सेयर बजार १९.३४ अंक घटेको छ । अघिल्लो दिन जम्मा २.२५ अंक घटेकोमा आजकाे गिरावट दर बढेको हो । आजको कारोबारपछि नेप्से परिसूचक २६२२ अंकमा कायम भएको छ ।

आज ५७ कम्पनीको मूल्य बढेको छ भने २१७ को घटेको छ, त्यस्तै ५ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ५ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७ करोडको भयो ।

व्यापार बाहेक सबै समूहगत सूचक घटेका छन् । व्यापार ०.४१ प्रतिशत बढ्यो । उत्पादन तथा प्रशोधन सबैभन्दा धेरै १.४० प्रतिशत घटेको छ ।

बैंकिङ ०.५९, विकास बैंक ०.५९, फाइनान्स ०.४१, होटल तथा पर्यटन ०.८४, जलविद्युत् ०.९२, लगानी ०.८३, जीवन बीमा ०.७६, माइक्रोफाइनान्स ०.३९, निर्जीवन बीमा ०.५७ तथा अन्य ०.९७ प्रतिशत घटे ।

समूहगत कारोबार हेर्दा हाइड्रोपावर समूहको सबैभन्दा धेरै २ अर्ब ५३ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ४४ करोड, उत्पादन तथा प्रशोधन ४५ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

हालै सूचीकृत सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ४.७८, माथिल्लो मैलुङखोला जलविद्युतको ३.६४ प्रतिशत मूल्य बढ्यो ।

सगरमाथा जलविद्युत कम्पनीके १०.६३, खानीखोला हाइड्रोपावरको ९.४०, सप्तकोशी विकास बैंकको ६.६५ प्रतिशत मूल्य घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा सोलु हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, युनाइटेड मोदी हाइड्रोपावर र रिडी पावर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?