+
+
Shares

कांग्रेस महाधिवेशनमा सभापति गगन थापाले मुख्य राजनीतिक प्रस्ताव पेस गर्ने

आगामी असोज १६–१९ सम्म काठमाडौंमा हुने भनिएको महाधिवेशनमा सभापति थापाले मुख्य राजनीतिक प्रस्ताव पेस गर्ने भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १७:३५

२ साउन, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति गनगकुमार थापाले मुख्य राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन् ।

आगामी असोज १६–१९ सम्म काठमाडौंमा हुने भनिएको महाधिवेशनमा सभापति थापाले मुख्य राजनीतिक प्रस्ताव पेस गर्ने भएका हुन् ।

केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको महाधिवेशनमा मुख्य राजनीतिक प्रस्ताव पार्टी सभापति गगनकुमार थापाले पेस गर्नु हुनेछ ।’

उक्त प्रस्तावमा ‘आगामी दशक, लोकतन्त्र र कांग्रेस’ विषयलाई विशेष महत्त्व दिइने बताइएको छ ।

महाधिवेशनमा उपसभापति विश्वप्रकाश शर्माले ‘राजनीतिक संस्कृतिमा क्षयको प्रवृति र युगानुकूल रूपान्तरणको अभिभारा’ विषयक प्रस्ताव पेस गर्ने कांग्रेसले निर्णय गरेको छ ।

निर्णयअनुसार अर्का उपसभापति पुष्पा भुसालले प्रदेश निर्वाचन विशेष प्रस्ताव र महामन्त्री गुरुराज घिमिरेले संगठनसम्बन्धी प्रस्ताव महाधिवेशनमा पेस गर्ने भएका छन् ।

कांग्रेसले प्रवक्ता देवराज घिमिरेको संयोजकत्वमा १५ औं महाधिवेशन प्रचार–प्रसार समिति गठन गरेको छ ।

बैठकले विधानलाई समय सापेक्ष बनाउँदै पार्टी संगठनलाई थप प्रभावकारी बनाउन आवश्यक संसोधनका लागि महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान संशोधन समिति गठन गर्ने निर्णय गरेको छ ।

उक्त समितिलाई पार्टीका विभिन्न तह, निकाय तथा सदस्यबाट सुझाव लिन र प्राप्त सुझावसमेत अध्ययन गरी विधान संशोधनको प्रस्ताव केन्द्रीय कार्यसमिति समक्ष पेस गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?