+
+
Shares

सिद्धबाबा सुरुङ मार्ग खण्डमा पहिरो, सिद्धार्थ राजमार्ग अवरूद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते ९:३६

३ भदौ, बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-३, सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । बुधबार बिहान पाल्पातर्फबाट सुरुङमार्ग प्रवेश गर्ने बिन्दुबाट करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

पहिरो झर्न रोकिएपछि सडक खुलाउन डोजर प्रयोग गरेर काम थालिएको तर एक दुई घण्टा समय लाग्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

सिद्धबाबा क्षेत्रमा पहिरोको उच्च जोखिम रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

राजमार्ग अवरुद्ध भएपछि पाल्पा-बुटवल सडकखण्डमा आवागमन प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?