+
+
Shares

भारतीय सेना प्रमुख पोखरामा, भूपू सैनिकलाई भेट्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते ९:५२

३ भदौ, पोखरा । भारतीय स्थल सेना प्रमुख जनरल धिरज सेठ पोखरा आएका छन् ।

पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा सेठले भारतीय भूतपूर्व सैनिक र उनका परिवारलाई भेट्ने अनि संक्षिप्त सम्बोधन गर्ने कार्यक्रम छ ।

पोखरामा केही दिनअघि अग्निपथ अन्तर्गत अग्निवीर भर्ती पोखरामा भूपू सैनिकहरूले पोखरामा प्रदर्शन गरेका थिए । त्यसैले भूपू सैनिक र उनका परिवारले चासोका साथ हेरेका छन् ।

भारतीय  सेनामा सेवा गर्दा घाइते बनेकाहरूलाई अपांगतामैत्री स्कुटर पनि वितरण गर्ने कार्यक्रम छ ।

भारतीय पेन्सन क्याम्प पोखराबाट पेन्सन बुझ्ने भूपू सैनिक र परिवार गरी ६४ हजार जना आवद्ध छन् भने नेपालमा यो संख्या १ लाख ३५ हजार जनाले पेन्सन बुझ्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?