+
+
Shares

‘आशा’ माघे सक्रान्तिमा आउने, प्राविधिकलाई आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते १२:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उडान स्टुडियोको निर्माणमा बनेको फिल्म ‘आशा’ माघे सक्रान्तिमा रिलिज हुने भएको छ ।
  • निर्मात्री शर्मिला थापाका अनुसार काठमाडौं उपत्यकासँगै काभ्रेको नमोबुद्ध र धुलिखेलमा छायांकन सकिएको छ ।
  • छायांकन समापनमा निर्माताले प्राविधिक अर्जुन घिमिरेलाई उपचारार्थ ५१ हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।

काठमाडौँ । उडान स्टुडियोको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘आशा’ माघे सक्रान्तिमा रिलिज हुने भएको छ । केही दिनअघि मात्र यो फिल्मको छायांकन सकिएको छ । निर्मात्री शर्मिला थापाका अनुसार, काठमाडौं उपत्यकासँगै काभ्रेको नमोबुद्ध र धुलिखेल क्षेत्रमा छायांकन गरिएको हो ।

‘योजना अनुसार नै छायांकन सम्पन्न गरेर पोस्ट–प्रोडक्सनको काम जुट्दै छौँ । कलाकार र प्राविधिकको मिहेनत र कामको प्रतिफल अनुसार छायांकन समयमै सम्पन्न भएको छ’ उनले भनिन् । ‘नेपालीपन बोकेको कथालाई प्राविधिकरुपमा अब्बल बनाएर दर्शक माझ ल्याउनेछौं’ उनले भनिन् ।

छायांकन समापन समारोहमा निर्माताले प्राविधिक अर्जुन घिमिरेलाई उपाचारार्थ ५१ हजार रुपैयाँ नगद आर्थिक सहयोग गरेका छन् । ‘यहाँ काम गरेकै पैसा समयमा पाइदैन, तर छायांकन सकिए लगत्तै मैले पाएको अतिरिक्त सहयोगका लागि आभारी छु’ उनले भने ।

फिल्ममा शुशांक मैनाली, महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी, चिराग श्रेष्ठ, काश्वी भण्डारीको अभिनय छ । पटकथा र निर्देशन राजिव गुरुङको छ ।

‘यो कथालाई पर्दामार्फत दर्शक हुँदै परिवारसम्म लैजानुपर्छ भन्ने लागेर नै फिल्ममा ल्याउँदैछौं । एउटा मन छुने पारिवारिक कथामा फिल्म ल्याउँदैछौं’ निर्देशक गुरुङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?